विशेष
ट्याक्टरबाट लडेर सिरहामा एक जनाको मृत्यु
ट्याक्टरबाट लडेर सिरहामा एक जनाको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका-६ कटारी चोकमा धनुषाबाट सप्तरीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको ट्याक्टरबाट लडेर धनुषा जनकनन्दनी गाउँपालिका-५ बनरझुला बस्ने ५० वर्षीय गंगा कापरको मृत्यु भएको हो ।
बुधबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्