राष्ट्रिय समाचार

एकै दिन १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | Monday, 24 Nov 2025, 11:01 AM
Share
एकै दिन १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार २ हजार ९०० रुपैयाँले बढेको छापावाल सुन आज तोलामा १९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार यसको मूल्य २ लाख ४४ हजार ६०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार १ सय १५ रुपैयाँमा झरेको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?