अर्थतन्त्र
एकै दिन ३८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा झरेको छ ।
यो मूल्य सोमबारभन्दा प्रतितोला ३ हजार ८ सय रुपैयाँले कम हो ।
चाँदीको मूल्यमा पनि कमी आएको छ। हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ९० रुपैयाँमा झरेको छ।
पूरा समाचार पढ्नुहोस्