काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। रास्वपाले सार्वजनिक गरेको कोशी प्रदेशको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा गोल्छा समेटिएकी हुन्। रास्वपाले उम्मेदवार बन्न इच्छा व्यक्त गर्नेका लागि आह्वान गरे अनुसार उक्त सूचीमा संविधानसभा सदस्यसमेत रहेकी गोल्छाको नाम कोशी प्रदेशबाट मधेशी कोटामा समेटिएको हो। […]