राष्ट्रिय समाचार
रास्वपा काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् ।
रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार विष्टले आज सोमबार राजीनामा फिर्ता लिएका हुन् ।
झाका अनुसार विष्टले मंसिर ८ मा राजीनामा दिएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ मंसिर ८ गते फिर्ता लिनुभएको जानकारी गराइन्छ’, प्रवक्ता झाले भने ।
पूरा समाचार पढ्नुहोस्