खेलकुद
एनपीएल– विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर
नेपाल प्रिमियर लिग 'एनपीएल सिजन- टु' अन्तर्गत आफ्नो दोस्रो खेलमा जनकपुरले पहिला फिल्डिङ गर्ने भएको छ ।
कप्तान अनिल साहले टस जितेर विपक्षी विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
आफ्नो पहिलो खेल हारेको जनकपुर जीतको खोजीमा मैदानमा उत्रिँदैछ । विराटनगरले भने यसअघिका दुवै खेल जितिसकेको छ ।
अघिल्लो सिजन जनकपुरलाई उपाधि जिताउने पुबुदु दासानायके अहिले विराटनगर किंग्सको प्रशिक्षक छन् ।
विराटनगर टीमको नेतृत्व भने सन्दीप लामिछानेले गरेका छन् ।
पूरा समाचार पढ्नुहोस्