विशेष
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् ।
उनी आइतबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृत फेला परेका हुन् ।
उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
'अहिले मुचुल्का उठाउने काम भइरहेको छ, त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने छ,' उनले भने ।
उनका श्रीमती र एक छोरी छन् ।
पूरा समाचार पढ्नुहोस्