अर्थतन्त्र
सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।
सोही अनुसार चाँदीको मूल्य पनि बढेको छ।
महासंघले बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँ रहेकाले चाँदीको मूल्य बिहीबार ३ हजार १८५ रुपैयाँ पुगेको जनाएको छ।
पूरा समाचार पढ्नुहोस्