विशेष
पनौतीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काभ्रेपलाञ्चोकको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
पनौती नगरपालिका- ४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिकसहित १० जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्