राष्ट्रिय समाचार
मौसम अपडेट : कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली
आज देशभर मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्