राष्ट्रिय समाचार

दाजुको हत्या आरोपमा भाइ पक्राउ

lokaantar.com | Sunday, 02 Nov 2025, 04:19 PM
Share
दाजुको हत्या आरोपमा भाइ पक्राउ
नवलपरासी पश्चिममा आफ्नै ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका- १ पुनर्वास बस्ने ३४ वर्षीय चित्रबहादुर शाही छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चित्रबहादुरले कोदालोको बिँडले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?