विशेष
भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले प्रधानसेनापतिलाई भेटे
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपालका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन् ।
नेपाली सेनाको मुख्यालय भद्रकालीमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा उनीहरूले भारत र नेपालबीचको रक्षा सहकार्यलाई थप सुदृढ पार्ने उपायबारे छलफल गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सिग्देल भारतीय सेनाका मानार्थ महारथी हुन् । नेपाल र भारतीबीच दुई देशका सेना प्रमुखलाई एकअर्काको मानार्थ सेतापतिको पदवी दिने चलन छ ।
पूरा समाचार पढ्नुहोस्