विशेष

गैरहाजिर सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 08:26 पूर्वाह्न
Share
गैरहाजिर सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग
नापी कार्यालय सुर्खेतले लामो समयदेखि बिदा स्वीकृत नगराई अनुपस्थित रहेकी सर्भेक्षक मेनका खड्कामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। २०८० असार ४ गतेदेखि लगातार ९० दिनभन्दा बढी अनुपस्थित रहेकी खड्कासँग कार्यालयले ३० दिने अन्तिम स्पष्टीकरण मागेको हो। यसअघि पटक-पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया नआएपछि ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ सजाय किन नगर्ने भनी अन्तिम मौका दिइएको कार्यालयले जनाएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा कानुनबमोजिम कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}