संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट
khabarhub.com|
Thursday, 27 Nov 2025, 06:07 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्धको जनकपुरको बोल्ट्सको ब्याटिङ संकटतिर धकेलिएको छ । १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ३ ओभरको अन्तिम बलमा ४ विकेट गुमाएको हो । यो टिमले २८ रनको दयनीय अवस्थामा छ ।