विशेष
बुवाको हत्या आरोपमा छोरा पक्राउ
७८ वर्षीय बुवा आमकी लामाको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका- ६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप...
पूरा समाचार पढ्नुहोस्