खेलकुद
प्रथम श्रेणी क्रिकेटमा लगातार आठ छक्का, ११ बलमै अर्धशतक
भारतको मेघालयका क्रिकेटर आकाश कुमारले घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । उनले यो उपलब्धि केवल ११ बलमा हासिल गरेका हुन् ।
आकाशले अरुणाचल प्रदेश विरुद्धको रणजी ट्रफीको प्लेट ग्रुप खेलमा यो उपलब्धि हासिल गरे। यो खेल सुरतमा खेलिरहेको थियो ।
आकाशले आफ्नो इनिङमा कुल १४ बल खेले र ५० रन बनाए ।
उनले यस इनिङमा लगातार आठ छक्का प्रहार गरे। उनी प्रथम श्रेणी क्रिकेटमा लगातार आठ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।
पूरा समाचार पढ्नुहोस्