अर्थतन्त्र
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल नियुक्त भएका छन् ।
बुधबारदेखि लागू हुने गरी कार्यकारी निर्देशक पौडेललाई प्रवक्ता तोकिएको हो ।
अधिकृत विशिष्ट श्रेणीका पौडेलले २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।
बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतको कार्यानुभव रहेको पौडेल हाल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
पूरा समाचार पढ्नुहोस्