राष्ट्रिय समाचार
                किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
                    
                        भक्तपुरमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका- २ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                        पूरा समाचार पढ्नुहोस्