अर्थतन्त्र
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।
सुन प्रतितोला १ हजार ४०० र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्