प्रवास
जापानको कारखानामा हिंसात्मक घटना, १४ जना घाइते
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा शहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् ।
मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टोमोहारु सुगियामाका अनुसार घाइतेहरूलाई आपतकालीन सेवामार्फत अस्पताल लगिएको छ ।
शुक्रबार दिउँसो करिब साढे चार बजे नजिकैको रबर कारखानाबाट फोन आएपछि उद्धार टोली घटनास्थल पुगेको थियो ।
फोनमा पाँच/छ जनालाई कसैले चक्कु प्रहार गरेको जानकारी दिइएको थियो ।
जापानी सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पूरा समाचार पढ्नुहोस्