काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नगरसभामा व्यस्त छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँग एकताको छलफल चलिरहँदा उनी शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनमा सहभागी छन्। बुधबार बेलुकादेखि बिहीबारसम्ममा करिब ३० जना जेन-जी, नेता, र विभिन्न शक्तिसँग भेट गरेका उनी शुक्रबार नगरसभाको अधिवेशनमा व्यस्त भएका हुन् । वैकल्पिक शक्तिहरूको […]