khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 04:00 अपराह्न
Share
काठमाडौं- संघीय सरकारका सचिवहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिइसके लगत्तै मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरू भएको हो । बैठकका एजेन्डाबारे सरकारले केही पनि खुलाएको छैन । यद्यपि चुनावको तयारी, जेन-जी आन्दोलनमा भएको विध्वंसको पुनर्निर्माणसहितका काममा सरकारले आवश्यक निर्णय लिनुपर्नेछ ।