अर्थतन्त्र
नेप्सेको वृद्धिमा ब्रेक, ८ अंकले घट्यो परिसूचक
केही दिनयता उकालो यात्रामा रहेको शेयर बजारमा सोमबार गिरावट आएको छ ।
नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा झरेको छ ।
१ करोड २१ लाखभन्दा बढी शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड बराबरको कारोबार भएको छ ।
कारोबारका हिसाबले सोमबार शिभम् सिमेन्ट, एनआरएन, राधी, एसपीडीएल, यूएनएचपीएल अगाडि रहे ।
गिरावटका बीच पनि मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि देखियो । इस्टर्न हाइड्रो पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आयो ।
पूरा समाचार पढ्नुहोस्