राष्ट्रिय समाचार
सिंहदरबारमा मन्त्री र सचिवसँग प्रधानमन्त्रीको छलफल
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारका मन्त्री र सचिवहरूसँग छलफल गरेकी छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी हुन् ।
बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । छलफलमा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्री कार्कीले आवश्यक निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्