राष्ट्रिय समाचार
अफगानिस्तान भूकम्प : कम्तिमा दश जनाको मृत्यु, १८० बढी घाइते
उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तिमा दश जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भूकम्पमा लगभग १८० जना घाइते भएको बीबीसीले जनाएको छ । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
गएराति १ बजे मजार-ए-शरीफ क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यो क्षेत्रमा लगभग पाँच लाख मानिसहरू बसोबास गर्छन्।
भूकम्पको गहिराइ २८ किलोमिटर थियो ।
...
पूरा समाचार पढ्नुहोस्