राष्ट्रिय समाचार
फेरि बदलियो एमालेको चुनावी कार्यतालिका, साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन
नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत चुनावी कार्यतालिका पुन: परिवर्तन भएको छ ।
उम्मेदवारी मनोनयन दर्ताको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो ।
साँझ ६ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने दाबी विरोधका लागि ६:३० सम्म, उजुरीमाथि छानबिन र निर्णय ६:४५ सम्म र नाम फिर्ताा लागि ७ देखि ८ बजेसम्मको समय छुट्ट्याइएको छ ।
बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।
लगत्तै मतगणना शुरू हुने एमालेले जनाए...
पूरा समाचार पढ्नुहोस्