काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा ढिलो गरी उम्मेदवारी दर्ता गराएर अवसरवादी प्रवृत्तिलाई एमालेले निरुत्साहित गर्नुपर्ने बताए। गुरुङले उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै यो महाधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने र अराजकता हटाउनुपर्ने बताए । अबको नेतृत्वले संकटलाई उल्टाउन सक्नुपर्ने बताउँदै गुरुङले महाधिवेशनपछि […]