अन्तर्राष्ट्रिय
चीनमा रेल दुर्घटना, ११ रेलवे कामदारको मृत्यु
काठमाडौँ । चीनको दक्षिणी प्रान्त युनानमा भएको रेल दुर्घटनामा ११ रेलवे कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूकम्पसँग सम्बन्धित उपकरण परीक्षण गर्ने परीक्षण रेल उनीहरूसँग ठोक्किँदा दुर्घटना भएको हो ।
कुनमिङ शहरको लुओयाङझेन रेलवे स्टेशनमा दुर्घटना भएको थियो, जहाँ रेलवे कामदारहरू ट्र्याकको मोडमा काम गरिरहेका थिए । त्यही ट्र्याकमा एउटा रेल आइपुग्यो र ठोक्कियो...
पूरा समाचार पढ्नुहोस्