समाज

कांग्रेस बैठक सर्‍यो, अब कहिले बस्छ ?

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:52 अपराह्न
Share
कांग्रेस बैठक सर्‍यो, अब कहिले बस्छ ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । यसअघि भोलि बिहीबार दिउँसो २ बजे बस्ने तय भएको बैठक अन्तिम सयमा आएर सरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब यही मंसिर १२ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ । कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर किचलो छ । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू कि पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने कि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, यसमा संस्थापन पक्ष तयार भइसकेको छै । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}