राष्ट्रिय समाचार
५ दिनमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले बनाए मतदाता नामावली दर्ता
पाँच दिनको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् ।
कात्तिक २७ देखि मंसिर १ गते राति साढे ९ बजेसम्मको अवधिमा ३ लाख ८ हजार ५८५ जनाले नाम दर्ता गराएका हुन् ।
जसमा पुरुष १ लाख ८१ हजार ५०७ जना र महिला १ लाख २७ हजार ६९ जना छन् ।
यस्तै आयोगको कार्यालयमै धाएर कात्तिक ३० गते ९ हजारले नाम दर्ता गराउँदा नयाँ दर्ता खुलेयता कात्तिक ३० गतेसम्म ३१ लाख १ हजार ४१५ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्