विशेष

यातायात व्यवस्था विभागको अवरुद्ध प्रणाली आंशिक रूपमा सुचारु

lokaantar.com | शनिबार, 15 नोभेम्बर 2025, 07:45 अपराह्न
Share
यातायात व्यवस्था विभागको अवरुद्ध प्रणाली आंशिक रूपमा सुचारु
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले अवरुद्ध बनेको सवारी चालक अनुमतिपत्रसम्बन्धी डिजिटल प्रणाली आंशिक रूपमा सुचारु भएको जानकारी दिएको छ।  विभागको मीनभवनस्थित डाटा सेन्टरमा कात्तिक २८ गते उत्पन्न प्राविधिक समस्या समाधान भएसँगै सेवाको केही भाग सञ्चालनमा आएको विभागले जारी गरेको सूचनामा उल्लेख छ। सवारी चालक अनुमतिपत्र सम्बन्धी विद्युतीय सेवा अवरुद्ध भएपछि देशभर सेवा प्रभावित बनेको थियो। अनलाइन आवेदन, डेटा प्रमाणीकरण, र प्रिन्टिङ प्रणाली रोकिएपछि हजारौँ सेवाग्राही प्रभावित बनेका थिए।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?