राष्ट्रिय समाचार

बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 12:51 अपराह्न
Share
बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
बाँकेमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका- २ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनार छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?