मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 07:13 अपराह्न
Share
काठमाडौं– सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गरेर सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । अब सिफारिस भएका कर्णलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्नेछन् ।