प्रवास

थाइल्याण्डमा रेल दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु

lokaantar.com | बुधबार, 14 जनवरी 2026, 01:09 अपराह्न
Share
थाइल्याण्डमा रेल दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु
थाइल्याण्डको राजधानी बैंककमा बुधबार बिहान चलिरहेको रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  यसका साथै, दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । मृत्यु हुनेको संख्या बढ्ने आशंका छ । बैंककको उत्तरमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटना भएको हो। रेलवे गभर्नरलाई दुर्घटनाको कारणको अनुसन्धान गर्न भनिएको छ। रेलवेले १९५ यात्रु र कर्मचारीहरू रेलमा सवार रहेको बताएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?