विशेष
सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी यातायात सञ्चालन
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्गअन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।
पूरा समाचार पढ्नुहोस्