काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदान प्रक्रियाबाट नेतृत्व छनोट प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएको बताएका छन् । अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सकिएपछि ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको उल्लेख गरेका छन् […]