विशेष

बैतडीमा ट्याक्टर दुर्घटना : हजुरबुवाको मृत्यु, नाति घाइते

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 03:23 अपराह्न
Share
बैतडीमा ट्याक्टर दुर्घटना : हजुरबुवाको मृत्यु, नाति घाइते
बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका– ३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज दिउँसो सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् । दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}