अर्थतन्त्र
एकै दिन ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ हजार २०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
यो अघिल्लो दिनको तुलनामा ५ हजार २ सय रुपैयाँले बढी हो ।
चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ।
सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार २०० रुपैयाँमा पुगेको छ।
पूरा समाचार पढ्नुहोस्