विशेष
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति आगलागी हुँदा चार घर जलेका छन् ।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।
चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् ।
पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यलयले क्षतिको विवरण सङ्कलन थालेको छ ।
पूरा समाचार पढ्नुहोस्