काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । मिसन रोड ग्राउन्ड मोङ कोकमा अहिले हुन गइरहेको खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ । समूह चरणका तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा भारतमाथि शानदार जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।