विशेष
हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी परेको छ ।
सुशीला कार्की नेतृत्वको सरकारले उनलाई कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लगेपछि शाक्य उक्त निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
उक्त निर्णय बदरको माग गर्दै शाक्य सर्वोच्च पुगेका हुन् ।
पूरा समाचार पढ्नुहोस्