खेलकुद
एनपीएलमा रवि बोपराको अर्को अर्धशतक
नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् ।
पाँचौं नम्बरमा क्रिज समाल्न आएका बोपराले आक्रामक पाली खेल्दै केवल २९ बलमा तीन छक्का र दुई चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
जारी सिजनको एनपीएलमा बोपराले प्रहार गरेको हो तेस्रो अर्धशतक हो । उनले यसअघि खेलिएको दुवै खेलमा पनि अर्धशतक बनाएका थिए ।
पूरा समाचार पढ्नुहोस्