राष्ट्रिय समाचार
सिमरामा अझै तनाव : एक राउन्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार
बाराको सिमरामा अझै स्थिति तनावपूर्ण रहेको छ । बुधबार एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायत बाराको परवानीपुर आउने भएपछि जेनजीले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए ।
एमालेका कार्यकर्ताले जेनजीहरूलाई कुटपिट गरेको भन्दै आन्दोलनकारीले आज पनि प्रदर्शन कायमै राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार स्थिति नियन्त्रणमा ल्याउन एक राउन्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको छ । जेनजी समूह भने सडकमै प्रदर्शन गरिरहेका छन् ।
प्रमुख जिल्ल...
पूरा समाचार पढ्नुहोस्