कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो । नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो […]