राष्ट्रिय समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको छ।
मंसिर १ गते दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने भनिएको बैठक अब मंसिर ४ गते बिहीबारका दिन त्यहीँ समयमा बस्ने भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरूको उपस्थिति रहनेछ। बैठक परिवर्तनको जानकारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना मार्फत दिएका छन्।
पूरा समाचार पढ्नुहोस्