अर्थतन्त्र

सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन झण्डै ७ हजार रुपैयाँले घट्यो

lokaantar.com | Sunday, 16 Nov 2025, 11:26 AM
Share
सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन झण्डै ७ हजार रुपैयाँले घट्यो
आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । एकै दिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यसको सिधा प्रभाव नेपाली बजारमा देखिएको हो । चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएकोमा आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?