विशेष
निकोलस भुसाललाई सर्वोच्चमा उपस्थित गराइयो, सुनुवाइ हुँदै
निकोलस भनिने कमल भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भुसालले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भइरहेको हो ।
यस अघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भुसाललाई २४ घन्टा भित्र अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।
आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै भुसालले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्