राष्ट्रिय समाचार
किशोरी बलात्कारको आरोपमा डोटीमा १ जना पक्राउ
डोटीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका- १ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्द छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ओमप्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्