खेलकुद
हङकङ सिक्सेस : नेपाल यूएईसँग पराजित
हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा यूएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
यूएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो ।
यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा १२९ रन बनाएको थियो ।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा सकिएको छ ।
पूरा समाचार पढ्नुहोस्