राष्ट्रिय समाचार
सवा ७ बजेसम्म पनि त्रिभुवन विमानस्थलको उडान र अवतरण बन्द, मर्मतको काम चल्दै
एयरफिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित बनेको छ ।
रन-वे किनारका लाइटमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि बन्द भएको विमानस्थल साँझ ७:१५ हुँदा सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले मर्मतको काम भइरहेको छ ।
विमानस्थलको उत्तरतर्फको बत्तीमा देखिएको समस्या समाधान भए पनि दक्षिण तर्फको समस्या उस्तै रहेको र समाधानको प्रयास भइरहेको प्रवक्ता शेर्पाले लोकान्तरलाई जानकारी दिए...
पूरा समाचार पढ्नुहोस्